NP EN

प्रधानमन्त्री ओलीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं, २९ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिनु भएको छ ।

आज गंगालाल हृदयरोग केन्द्रमा गएर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्था जानकारी लिनुभएको हो । रौतहट निवासी आलमलाई  हृदयघात भएपछि  बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । 

प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गर्नुुुभएको छ । प्रधानमन्त्री ओलीले आलमको शिघ्र स्वास्थ्य लाभको कामना पनि  गर्नुभएको छ । 

आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो ।

सम्बन्धित