NP EN

प्रधानमन्त्रीद्वारा मन्त्रालयगत कार्ययोजनाको जानकारी

काठमाडौं २७ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलहरुले आगामी आर्थिक बर्षका लागि तयार गरेका कार्ययोजनाहरुको जानकारी लिनुभएको छ । आज सिंहरदरबारमा आयोजित आर्थिक बर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी कार्यान्वयन कार्य योजनाको प्रस्तुतीकरण कार्यक्रममा विभिन्न मन्त्रालयका सचिबहरुले मन्त्रालयगत कार्ययोजना प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

गृह,भौतिक पूर्वाधार तथा यातायात,उर्जा जलस्रोत तथा सिंचाइ(उर्जा तर्फ),उर्जा जलस्रोत तथा सिंचाइ (जलस्रोत र सिंचाइ तर्फ) सहरी विकास मन्त्रालयका सचिवले कार्ययोजना पेश गरेका छन् । यसैगरी स्वास्थ्य,जनसंख्या,श्रम,रोजगार तथा सामाजिक सुरक्षा,शिक्षा विज्ञान तथा प्रविधि,परराष्ट्र,कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय(कृषि,पशुपंक्षी र भूमि तथा सहकारी ),खानेपानी तथा सरसफाई र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय(उद्योग तर्फ )का सचिबले आफ्ना आफना कार्ययोजना पेश गरेका छन् ।  समय अभावले अन्य मन्त्रालयहरुले आज योजना पेश गर्न सकेनन् । बाँकी रहेका मन्त्रालयले अर्को कार्यक्रम आयोजना गरी योजनाहरु पेश गर्ने भएका छन् ।


 
मन्त्रालयगत योजनाको जानकारी लिएपछि प्रधानमन्त्री ओलीले विभिन्न सुझाव दिनु भएको छ । सहकारीहरुलाई वितीय कारोबार भन्दा उत्पादनतिर लाग्न जोड दिनु पर्ने प्रधानमन्त्रीको सुझाव छ । महंगी अत्याधिक बढेको सम्बन्धमा कडा ढंगले अनुगमन गर्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ । यसैगरी  दुर्घटना कम गर्नका लागि सडक निर्माण गर्दा  नै पहाडी तथा हिमाली क्षेत्रम अनिवार्य रुपमा सडक सुरक्षित गर्ने ‘सेफ्टी वारमर’ राख्न्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ । कार्यक्रममा सबै मन्त्रालयका मन्त्री र सचिबहरुको उपस्थिती थियो ।

 

सम्बन्धित