NP EN

आर्थिक अवस्थामा पछि रहेपनि नेपाल संस्कृतिमा धनी : प्रधानमन्त्री ओली

काठमाडौँ, २६ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सास्कृतिक, कला, ज्ञान र संस्कृतिमा धनी रहेको बताउनु भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औ भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उहाँले  नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताउनु भयो । 

‘‘ठूला ठूला देशमा नभएको भाषा, सस्कृति हामीमा रहेको छ’’उहाँले भन्नुभयो– ‘‘हाम्रा शहर कलामय छन । यहाँका झ्याल ढोका, भित्ता कलामयले सजिएका छन ।’’  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले यहाँका सस्कृति, कला, साहित्यलाई व्युताई र अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, संस्कृति, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताउनुभयो । 

उहाँले प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको उल्लेख गदै  विश्वको अग्लो (हाइट) सगरमाथा र लाइट गौतमबुद्ध नेपाल रहेको बताउनुभयो ।  ‘‘हाइट र लाइट यहि रहेकोले ज्ञानभूमि र तपोभूमि भनिएको हो’’ उहाँले भन्नुभयो–‘‘ ऋषिमुनिले पनि यहि जन्मेका हुन । त्यसैले नेपाल ज्ञानको प्रादुर्भाव हो ।’

उहाँले प्रतिष्ठान राष्ट्रका प्रभुत्व व्यक्तिहरुको समूह रहेकोले खदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताउनुभयो अर्को बर्ष साक्षरता अभियानलाई सफल पारि मुलुकबाट निरक्षरता हटाउने उहाँको भनाई रहेको थियो । उहाँले सवैलाई आफ्नो जीवनलाई सहज र आजको दुनियासंग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइने समेत बताउनुभयो । 

नेपाल केही समय कसैको औपनिवेशमा रहेकोले पछाडि परेको भन्दै उहाँले अव आफ्नो पालामा मुलुक अगाडि बढ्ने समेत बताउनुभयो । ‘‘अव हामी कसैको थिचोमिचो र औपनिवेशिक छैनौ । नशासक न अरुबाट’’ उहाँले भन्नुभयो–‘‘त्यसैले अव नेपाललाई नयाँ दिशा, उचाई र नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने छ ।’’ उहाँले नेपाल सुशासन र विकासको युगमा प्रवेश गरिसकेको भन्दै यस अभियानमा सवै जुट्न आवश्यक रहेको धारणा समेत राख्नुभयो । 

उहाँले यसबर्ष भित्र तुइन विस्थापित भइसकेर जनताको पिडा समेत हट्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आफू भारत भ्रमण र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणपछि नेपाल र भारतबीचमा धेरै कुरामा गति लिएको समेत बताउनुभयो ।  ‘‘हामीले प्रवुद्ध समूह गठन गरेर सन् १९५० को सन्धि पुनरावलोकन गरिरहेका छौ’’ उहाँले भन्नुभयो–‘‘ सिमा, व्यापार लगायत क्षेत्रका समस्या समेत समाधानको काम समेत अगाडि बढेको छ ।’’

उहाँले भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सुत्रमा वाँध्ने काम गरेको भन्दै नेपालको भाषा र साहित्यमा उल्लेखनिय योगदान पु¥याएको बताउनुभयो ।  कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कुल ४ करोड १२ लाख २६ हजार ३३१ रुपियामा तीन तले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराउनुभयो । 

कुल १२ वटा कोठा रहेको उक्त भवनमा किताव बैक, अध्ययन कक्ष र विद्युतिय पुस्तकालय रहेका छन । पुस्तकालयमा भाषा, संस्कृति र अन्य बिषयका करिव ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी गराउनुभयो । 

यसैगरि आजै नै प्रज्ञा छापाखाना प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो । जर्मनबाट रु ११ करोड रुपियामा ल्याइएको उक्त छापाखानामा नेपाली भाषा, साहित्य सम्बन्धि पुस्तक छापिने भएको प्रशासन प्रमुख अधिकारीलेब बताउनुभयो । रासस

सम्बन्धित