NP EN

प्रधानमन्त्री ओलीद्वारा चीन भ्रमणका उपलब्धी बारे संसदलाई जानकारी

काठमाडौं १२ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । 
   
गत असार ५ देखि १० गतेसम्म भएको आफ्नो चीन भ्रमणको बिषयमा  संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

चीन भ्रमणका क्रममा पनि देशलाई फाइदा पुग्ने यस्ता थुप्रै सहमति र सम्झौता भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको,सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गर्न यो सरकार सक्षम हुने विश्वास चीनले व्यक्त गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने वा तत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रष्तुत हुने काम गर्दैनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको हितलाई ध्यानमा राखेर मात्र हामी काम गछौं ।”

नेपाल र चीनबीच मित्रता र सद्ध्भावमा थप अभिवृद्धि गर्ने,दुई देशका बीचमा विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यन्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने ,सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने  आफ्नो भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसैगरी राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि  चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु  पनि भ्रमणको उद्धेश्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हाम्रो भ्रमणका अधिकांस उद्धेश्य पुरा भएको हामीले महसुष गरेका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

चीनमा रहंदा आफूले राष्ट्रपति सी जिनपिङ्ग,प्रधानमन्त्री ली खच्याङ्ग, राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । यसैगरी तिब्बतको ल्हासामा तिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छि तालासँग पनि भेटघाट भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।



प्रधानमन्त्री ओलीले चीनमा उर्जा सहयोग सम्बन्धी समझदारी पत्र,मितेरी पुल र रसुवा पुल पुननिर्माण सम्बन्धी सम्झौताहरु,मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बिन्ध प्राटोकल,लगानी तथा उत्पादन क्षमताका सहयोग सम्बन्धी समझदारी पत्र ,नुवाकोट दरबार पुननिर्माण,रसुवा,दोलखा र सिन्धुपाल्चोकमा  विद्यालय पुननिर्माण सम्बन्धि सम्झौता पत्रमा  हस्ताक्षर भएको प्रधानमन्त्ती ओलीले जानकारी दिनुभयो । यसैगरी पूर्वा तराइ नदी नियन्त्रण आयोजना अन्तरगत झापा जिल्लाका ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

आफू भारत भ्रमणबाट फर्केपछि  यस भ्रमणका सकारात्मक असर क्रमश देखिने छन् भनेको स्मरण गरांउदै प्रधानमन्त्री ओलीले भन्नुभयो “विराटनगरको भारतीय सम्पर्क अफिस हट्नु,थप हवाइ रुट नेपालले पाउनु,डुबानको बिषयमा नेपाल भारतको संयुक्त टिमले अध्ययन गर्नु त्यस भ्रमणका सकारात्मक पक्ष थिए । जो केही समय पछि देखिए । अरु पनि यस्ता सकारात्मक पक्ष क्रमश देखिदै जानेछन् । चीन भ्रमणका पनि यस्ता सकारात्मक पक्ष अब क्रमश देखदिै जानेछन् । ”

सम्बन्धित