NP EN

​प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ, १० असार, प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । 

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो । 

प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्नुभएको थियो ।  (रासस) 

सम्बन्धित