NP EN

प्रधानमन्त्री ओली रात्रिभोजमा सरिक

ल्हासा, ९ असार, चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उहाँको सम्मानमा नेपाली महावाणिज्यदूतावास ल्हासाले आज यहाँ आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । 

नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गर्नुभएको सो रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो । रात्रिभोज प्रधानमन्त्री ओली रहनु भएको होटल सांग्रिलामा आयोजना गरिएको थियो । 

प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाली समुदायसँग संक्षिप्त छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका विभिन्न आयाममाथि प्रकाश पार्नुभएको थियो । 

यस्तै, तिब्बत जनसरकारका उपमन्त्री लिउ झाङले नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै आगामी दिन सम्बन्धलाई थप मित्रवत् र प्रगाढ बनाउँदै लैजाने वचनबद्धता प्रकट गर्नुभएको थियो । (विशेष प्रतिनिधि हरि लामिछाने –रासस)

सम्बन्धित