NP EN

देशलाई आत्मनिर्भर बनाउन व्यावशायीका समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री ओली

बिराटनगर, २६ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आत्मनिर्भर बनाउन उद्योगी व्यावशायीका समस्या समधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आज आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यावशायीहरुलाई सम्बोधन गर्दै प्र्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

व्यावशायीहरुका समस्यालाई सरकारले दुई वर्गमा बाँडेर समाधान गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ । “सरकारले व्यावशायीहरुका नीतिगत र प्रशासनिक अफ्ठ्यारा फुकाउने काम गर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “दोस्रँे भारतसंगको ब्यापार घाटा कम गर्नका लागि निर्यातजन्य वश्तुको उत्पादन प्रवद्र्धनमा सरकार व्यावशायीको साथै रहन्छ ।”

प्रधानमन्त्री ओलीले  सरकारले नीतिगत सुधार,व्यबहारिक पक्ष,बैंक ब्याज,प्रशासनिक झन्झट,विद्युतका समस्या समाधानका लागि कुनै कसर बँंकी नराख्ने बताउनुभएको छ । यसैगरी ‘एन्टी डम्पिङ ट्याक्स’को बिषयमा भारत भ्रमणका त्रममा भरातीय पक्षसंग कुरा राखेको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले देश आत्मनिर्भर अर्थतन्त्रतिरको यात्रामा अघि बढेको बताउनुभयो । विगतमा जस्तो निजीकरणका नाममा उद्योग कलकारखाना बेचेर खाने काम यो सरकारले नगर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।



कुनै पनि सरकारी काम गराउन कमिसन बोकेर धाउनु पर्ने दिन अब सकिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “कुनै काम गराउन अब कमिसनको थैलो बोकेर हिड्नु पर्दैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “कमिसन बांड्ने समुह भनेको व्यापारी व्यावशायी नै हो । तर अब तपाईंहरुले जायज काममा कमिसन बांड्नु पर्दैन । नाजायज कामका लागि थैलो बोकेर नहिड्नुहोस । त्यस्तो काम हुदैन ।”

प्रधानमन्त्री ओलीले देशमा विकास,औद्योगिकीकरण र आधुनिकीकरणको लागि अनुकुल समय भएको बताउनुभएको छ । “यस अनुकुल परिस्थितीमा सरकारले मुख्य मुख्य तीनवटा कुरामा जोड दिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “उत्पादन र उत्पादकत्व बढाउने,रोजगारीका अवशर सृजना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने । यसका लागि सबै पक्षको सहयोग आवश्यक हुन्छ ।”

प्रधानमन्त्री ओलीले मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले विभिन्न मागहरु राखेर अलग अलग ज्ञापन पत्र समेत बुझाएका छन् । कार्यक्रममा प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई लगायत मन्त्रीहरुको पनि उपस्थिती थियो ।

सम्बन्धित