NP EN

प्रधनमन्त्री ओलीद्वारा एसिया प्रशान्त क्षेत्रीय बाल विकास सम्मेलन उद्घाटन

काठमाडौँ, २२ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्रशान्त क्षेत्रीय बाल विकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले बाल अधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने बताउनुभयो । उहाँले गत महिना भएको विद्यार्थी भर्ना अभियानबाट विद्यालय जाने उमेरहका करिव ९० हजार बालबालिका विद्यालयको पहुँचमा आएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यलायमा टिकाइराख्नु सरकारको प्राथमिकता भएको बताउनुभयो । 

उहाँले प्रारम्भिक बालविकासका सरोकारवालाहरू बीच प्रारम्भिक बालविकास सम्बन्धी अभ्यासहरूको समीक्षा गर्ने, प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकासको क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।



नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयको आयोजनामा आजबाट शुरु भएको सम्मेलन यही जेठ २४ गतेसम्म चल्नेछ । सो क्षेत्रका मुलुकका विभिन्न शिक्षा तथा स्वास्थ्यमन्त्री, सचिवहरु र विज्ञहरुको सहभागिता रहेको तीन दिने सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढी मुलुकको ३२५ जनाको सहभागिता छ । सम्मेलनमा नेपालबाट प्रारम्भिक बालविकाससँग सम्बन्धित नीति निर्माता, सरकारी तथा गैरसरकारी संघ तथा संस्थाका गरी २१५ जनाको सहभागिता छ ।

रासस 

सम्बन्धित