NP EN

वातावरणीय प्रभाव मूल्यांकन विना गरिने विकास दिगो हुदैन : प्रम ओली

काठमाडौं, २२ जेठ, प्रधानन्त्री केपी शर्मा ओलीले  वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो  नहुने बताउनुभएको छ । 

विश्व वातावरण दिवशको अवसरमा आज  शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउने नभइ  बाढी, पैह्रो, सुख्खा लगायतका ठूलो धन जनको क्षति समेत बढाउने बताउनुभएको छ ।  “ विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले “वातावरणको विनास नहुने गरी नाप नक्सा तयार  गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नु पर्दछ । ”

सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पु¥याउन प्रधानमन्त्री ओलीले आह्वान गर्नुभएको छ । वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा प्रधानमन्त्रीले सबैलाई स्मरण गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदुषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने तर्फ सबैलाई सतर्तक गराउनुभएको छ  । “त्यसैले वातावरणको संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तत्अनुकुलका काम गर्न जरुरी छ ” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।



शुभकामनाको पूर्ण पाठ:

विश्व वातावरण दिवस २०७५ जेठ २२ (तद्नुसार ५ जुन २०१८) को अवसरमा
सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीज्यूले दिनु भएको सन्देश


संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ का दिन “विश्व वातावरण दिवस” मनाउने घोषणा गरेको थियो ।  त्यसै अनुरुप यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस २०७५ मनाउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । संयुक्त राष्ट्रसंघले यस वर्षको विश्व वातावरण दिवसका लागि तय गरेको  “प्लाष्टिक प्रदूषण निर्मुल पारौं, पुनप्र्रयोग गर्न नसके बहिष्कार गरौँ” ९द्यभबत एबिकतष्अ एयििगतष्यलस् क्ष थयग अबलुत चभगकभ ष्त, चभागकभ ष्त० भन्ने नारा नेपालमा पनि समसामयिक र सान्दर्भिक छ ।

नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ । संविधानले प्रत्याभूत गरेको यो अधिकारको उपभोग गर्नका लागि पर्यावरणीय सन्तुलन बिग्रन दिनु हुँदैन । त्यसका लागि हामी सबैले आआफ्नो कर्तव्य पनि पूरा गर्नु पर्दछ । वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले आव्हान गरेको स्वच्छ वातावरण महाअभियान २०७५ मा सहभागी भएर आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आव्हान गर्दछु ।

वातावरणको स्वच्छता र सुन्दरता कायम राख्न देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाई अभियान सुरु भएको देख्दा मलाई ज्यादै खुसी लागेको छ । यस स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा म अत्यन्त हर्षित छु ।

आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदुषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्दछ । त्यसैले वातावरणको संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तत्अनुकुलका काम गर्न जरुरी छ । 

आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने छ भन्ने मैले विश्वास लिएको छु । स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय पनि हो । उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो । तसर्थ सामाजिक, आर्थिक परिवेशका साथै वातावरणीय सन्तुलनलाई समेत  ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक छ । 

वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउँदैन, बाढी, पैह्रो, सुख्खा लगायतका ठूलो धन जनको क्षति हुने प्रकोपको सम्भावना समेत बढाउँछ । तसर्थ विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ । वातावरणको विनास नहुने गरी नाप नक्सा तयार  गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नु पर्दछ । सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पु¥याउन म हार्दिक आव्हान गर्दछु । वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा म फेरि सबैलाई स्मरण गराउन चाहन्छु ।

अन्त्यमा फेरि एकपटक,  विश्व वातावरण दिवस २०७५ का अवसरमा वातावरणको संरक्षण मार्फत दिगो विकासका लक्ष्यहरु हासिल गर्न हरेक नेपालीलाई व्यक्तिगत एवं सामूहिक रुपमा अझ सक्रियताका साथ अगाडि बढ्न हार्दिक आव्हान गर्दछु । 

आजको दिवसले हामी सबैलाई वातावरण संरक्षण गरी सरकारले अंगीकार गरेको समृद्ध नेपालः सुखी नेपाली भन्ने संकल्पलाई साकार पार्न प्रेरणा प्रदान गरोस् ।

के.पी. शर्मा ओली
प्रधानमन्त्री

सम्बन्धित