NP EN

​प्रधानमन्त्री ओलीद्वारा मन्त्रीपरिषद विस्तार र जिम्मेवारी हेरफेर

काठमाडौं, १८ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले दुई उपप्रधानमन्त्री सहित एक मन्त्री नियुक्तीका लागि राष्ट्रपतिलाई सिफारिस गर्नुभएको छ । यसैगरी एक राज्यमन्त्रीलाई मन्त्री पदमा बढुवाको सिफारिस गर्नुभएको छ ।

 प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीमा इश्वर पोख्रेल र उपेन्द्र यादबलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुभएको हो । पोख्रेललाई उपप्रधान सहित रक्षा र यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी मोहम्द इस्तिक राईलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी सञ्चार मन्त्रीमा गोकुल प्रसाद बाँस्कोटलाई नियुक्त गर्न प्रधानमन्त्री ओलीले सिफारिस गर्नुभएको छ ।

 प्रधानमन्त्रीले सिफारिस गरेका दुवै उपप्रधान तथा मन्त्रीहरुलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । 


 

सम्बन्धित