NP EN

प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको भेटघाट

काठमाडौं, १७ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्ेटक) का महासचिब सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकाश र समृद्धिको माध्यमको बनाउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताउनुभएको छ । केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।



प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिनुभयो । “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ । विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले बंगालको खाडी वरीपरीका मुलुक भएकोले पानी जहाज सञ्चालन गर्नुप¥यो । “जसको माध्यमबाट विमस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन थप सहज हुनेछ । ”

सम्बन्धित