NP EN

कानुन अनुसार चल्ने देशमा कसैलाई मनलाग्दी गर्ने छुट छैन : प्रम ओली

काठमाडौं १६ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले  संविधान र कानुन अनुसार चल्ने देशमा भएकोले कसैलाई मनलाग्दी गर्न छुट नभएको बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेलको रिहाइका बिषयमा काँग्रेसले गरेको आपत्तीको कुनै अर्थ नरहेको बताउनुभयो । “निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान,नियम कानुन अनुसार अरु कैदीहरु जसरी छुट्छन् ,बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस बिषयमा काँग्रेसको आलोचना कानुन सम्मत छैन ।” प्रधानमन्त्ती ओलीले काँग्रेसलाई खुद्रा,त्यान्द्रा समाएर राजनीति नगर्न सुझाउनु भएको छ ।

नेपालको शान्ती प्रक्रिया दुंनियाका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातित मोडल नभइ आफैले सृजना गरेको मोडल भएको प्रधानमन्त्रीको भनाइ छ । 

सरकारले ल्याएको बजेट उत्कृष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ । वामगठबन्धनले जारी गरेको घोषणा पत्रमा समेटिएका कार्यक्रम बजेटमा सम्बोधन भएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बजेटमा कृषि,उद्योग,ब्यापार लगायतका क्षेत्रमा युगान्त्कारी परिवर्तन आउने कार्यक्रम समेटिएको बताउनुभयो । कतिपय सडक लगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने भएकोले केन्द्रीय बजेटमा उल्लेख नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । 



प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई बजेट पुन अध्ययन गर्न,नुबझेका कुरा अनुभवी र विज्ञ सांसदहरुसंग सोध्न पनि आग्रह गर्नुभएको छ । “नेकपाका सांसदहरु जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुले जनताप्रति उतरदायी हुनैपर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो संसदीय दल समय गुजारेर,अलमलिएर बस्ने पल्टन होइन । सधैं क्रियाशिल भइरहनुपर्दछ । ”

प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम केही दिन मै सरकारमा सहभागी हुने बताउनुभएको छ ।

संसदीय दलको उपनेता नेम्वाङ

आजको संसदीय दलको बैठकले नेकपाको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन हुनुभएको छ । यसैगरी सचेतकमा शान्ता चौधरी चयन हुनुभएको छ । राष्ट्रियसभामा नेकपाको प्रतिनीधीको रुपमा दिनानाथ शर्मालाई बैठकले सर्वसम्मत चयन गरेको छ ।

सम्बन्धित