NP EN

शान्ती, स्थिरता र विकासका लागि अहिले विशेष समय : प्रम ओली

काठमाडौं ९ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको  शान्ती, स्थिरता र विकासका लागि अहिले विशेष समय भएको बताउनुभएको छ ।

विशव प्रजातान्त्रि युवा संघको जेनेरल काउन्सिल बैठकको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले साझा घोषणा पत्र लिएर चुनावमा गएका दुईवटा वामपन्थी दललाई जनताले करिब दुई तिहाइ मत दिएर शान्ती,स्थिरता र विकासको चाहनो प्रकट गरेको बताउनुभयो । “गठबन्धनबाट चुनावमा गएका पार्टी एकिकरण भएर नेपाल कम्यूनिष्ट पार्टी भएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीसंग अहिले स्पष्ट बहुमतको सरकार छ । त्यसकारण यो विशेष समयलाई सदुपयोग गर्नसक्ने अवस्थामा हामी छौं पनि ।”

आफूहरु प्रतिपक्षमा बसेर चुनावमा भाग लिंदा पनि बुहमत आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।



प्रधानमन्त्री ओलीले सरकारले यसै साता संसदमा पेश गरेको नीति तथा कार्यक्रम पनि शान्ती,स्थिरता र विकासलाई सघाउ पुग्ने किसिमको बताउनुभएको छ । “सरकारले पेश गरेको नीति र कार्यक्रम स्थिरता र विकासलाई सघाउ पुग्ने किसिमका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो । सरकार सबैमा लोकतन्त्र र सामाजिक न्याय पु¥याउन क्रियाशिल रहने प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले युवाहरुलाई देश विकासको अगुवाइ गर्न आग्रह गर्नुभएको छ । तर विभिन्न तत्वहरुले युवाहरुलाई विभाजित गर्ने र गलत दिशातिर लगाउने सम्भावना पनि रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “युवाहरुलाई कसैले भूगोल,कसैले जात,कसैले धर्मका नाममा विभाजन गर्न खोज्छन्” प्रधानमन्त्ती ओलीले भन्नुभयो “यस्ता कुराबाट सबैले सजग हुनुपर्छ र एकताबद्ध भएर देश विकासमा लाग्नु पर्दछ । ”

कार्यक्रममा प्रधानमन्त्री ओलीले नमस्ते अंग्रजी पत्रिका र युवा आवाज पत्रिका पनि बिमोचन गर्नु भएको  छ । 

सम्बन्धित