NP EN

देशमा अधिकार सहितको लोकतन्त्र : प्रधानमन्त्री ओली

काठमाडौं ८ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकार सहितको लोकतन्त्रको स्थापना भएको बताउनुभएको छ ।

आज बालुवाटारमा नेपाली सेनाको इन्द्रध्वज गणको बिदाइ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले  जन्मसिद्ध श्रेष्ठताको आधारहिन सिद्धान्तको  समय सकिएकोले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुवात भएको बताउनुभएको छ । “अब जन्मदै जर्नेल हुने जमाना गयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब सक्षम,प्रतिष्पर्धी,योग्य व्यक्तिले यस्ता अवसरहरु पाउछन् ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले जनताको,सेनाको,मजदुरको सबै पक्षको हितमा काम गर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले नेपाली सेनाको गौरवपूर्ण इतिहास भएकोले भएको उल्लेख गर्दै यसले नेपालको अखण्डता,राष्ट्रियता,स्वाधिनताको रक्षामा सदा उच्च भूमिका निर्वाह गरेको बताउनुभयो । “नेपाली सेनाले  गौरवपूर्ण सेना हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सेनाले अब बंकरमा बस्नु नपर्ने बताउनुभएको छ । “तालिमको बेला बाहेक सेनाले अब बंकरमा बस्नु पर्दैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “सेनालाई व्यावशायिक,दक्ष र प्रतिष्पर्धी पनि बनाइन्छ । ”

सम्बन्धित