NP EN

​नेकपाले पाएको जनमत विकास र स्थिरताका लागि : प्रम ओली

काठमाडौं ५ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टीले पाएको जनमत विकास र स्थिरताका लागि भएको बताउनुभएको छ । आज नेकपाको संसदीय दलको बैठकलाई  संसद भवन बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले जनमतको कदर गर्दै दुई पार्टी एक भएर देश निर्माणमा लागेको बताउनुभएको छ । “हामी कुनै अहंकार गर्न ठुलो पार्टी भएका होइनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी स्थिरता र विकासका लागि एक भएका छौं । कोही नआतिए हुन्छ हामीलाई अहंकार र घमण्ड गर्ने फूसर्द छैन ।”

प्रधानमन्त्री ओलीले आफूहरु मान पद्वी वा शुसोभनका लागि अध्यक्ष नभएको बताउनुभएको छ ।  देश निर्माण गर्नका लागि आफूहरु अध्यक्ष भएको बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले १० बर्षपछिको नेपालमा पर्यटकीय सम्भावना उल्लेख्य हुने बताउदै त्यस बेला नेपाल आउने पर्यटकले ‘नेपाल प्रकृति र मानवले बनाएको स्वर्ग हो’ भन्ने बताउनुभएको छ । नेपालमा शिक्षा,स्वास्थ्य,उपचारको क्षेत्रमा उल्लेख्य काम गर्ने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हामी नागरिकलाई कसरी रोग लाग्न नदिने भनेर आरोग्यतामा पनि जोड दिन्छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

पार्टी एक भइसकेपछि सांसद,मन्त्री र प्रधानमन्त्रीको जिम्मेवारी हिजोको भन्दा बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हामी सबैको जिम्मेवारी हिजोको भन्दा बढेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जनताका अपेक्षा हामीप्रति बढेका छन् । ति अपेक्षा पुरा गर्ने गरी सबैले काम गर्नुपर्दछ । ” प्रधानमन्त्री तथा मन्त्रीहरुले गर्ने कामका बिषयमा पनि चनाखोपूर्वक हेर्न प्रधानमन्त्री ओलीले साँसदहरुलाई निर्देशन दिनु भएको छ । 

प्रधानमन्त्री ओलीले सांसदहरुले धेरै जनतालाई प्रभावित गर्न सक्ने विकास निर्माणका योजना प्रस्तव गर्न निर्देशन दिनुभएको छ । कतिपय योजना स्थानीय तहबाट नै सम्पन्न गर्ने किसिमका हुन्छ् त्यस्ता योजनाहरु केन्द्रीय योजनामा नल्याउन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सांसदहरुलाई आफ्नो मर्यादामा बस्न, अध्ययनशिल हुन, जनताका कामा विशेष चासो राख्न आग्रह गर्नुभएको छ । साँसदहरुलाई विकास निर्माणका योजना प्रदेशगत रुपमा तयरा गर्न प्रधानमन्त्ती ओलीले निर्देशन दिनुभएको छ ।कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मन्तब्य राख्नु भएको थियो । 

सम्बन्धित