NP EN

​नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली

काठमाडौं ५ जेठ, प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । आज नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गर्नुभएको प्रस्तावमा सबै साँसदहरुले समर्थन जनाउनुभएको थियो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकिकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने बैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली सो पदमा चुनिनु भएको हो ।
 

सम्बन्धित