NP EN

देश निर्माणका लागि दुई कम्यूनिष्ट पार्टी एक :प्रम ओली

काठमाडौं जेठ ३, प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि दुई कम्यूनिष्ट पार्टीको एकता भएको बताउनुभएको छ ।

आज नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीचको एकिकरण घोषणा सभामा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । पुष्पलालले २००६ सालमा कम्यूनिष्ट पार्टी स्थापना गरेपनि बेला बेलामा टुक्रिएर कमजोर भएको पार्टी आज देखि फेरी मजबुद भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “आज मेरो जीवनमा सबभन्दा बढी खुशीको दिन हो ” प्रधानमन्त्ती ओलीले भन्नुभयो “अब कम्यूनिष्ट आन्दोलनका कहिले पात झर्दैनन् ।”



नेपाल सुन्दर सम्भवना भएको देश भएकोले अब बहुमतको कम्यूनिष्ट सरकारले यसलाई सम्पन्न बनाउने पधानमन्त्री ओलीको प्रतिवद्धता छ । प्रधानमन्त्ती ओलीले आगामी तीन महिना भित्र पार्टीका जनसंगठन कमिटीहरु पनि समायोजन भइसक्ने बताउनुभयो । 

सम्बन्धित