NP EN

देशलाई विकाश र समृद्धिको बाटोमा हिडाउन चाहेका छौं : प्रम ओली

काठमाडौं ३१ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारले देशलाई विकाश र समृद्धिको बाटोमा हिडाउन चाहेको बताउनुभएको छ । 

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितीको प्रतिवेदन ग्रहण गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताउनुभएको छ । “अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना पनि आवश्क हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले तीन तहका सरकार र राजनीतिक संरचना तयार गरे पनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताउनुभएको छ । 
प्रधानमन्त्री ओलीले समितीले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यन्वयनमा ध्यान दिइने बताउनुभएको छ । प्रतिवेदन बुझाउन उच्च स्तरीय निदेर्शक समितीका सदस्य राजेन्द्र प्रसाद पाण्डे कार्यान्वयन सहजीकरण समितीका संयोजक काशीराज दाहाल, सदस्यहरु,मधुरमण आचार्य,माधव प्रसाद रेग्मी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब दिनेश थपलीया लगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित