NP EN

रामायण सर्किटलाई दुई देशको मित्रताको बाहकको रुपमा विकास गरिन्छ : प्रम ओली

जनकपुर २८ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्नुभएको छ । 

जनकपुरको राम जानकी मन्दिरमा आयोजित कार्यक्रमा दुबै प्रधानमन्त्रीले संयुक्त रुपमा रामायण सर्किटको उद्ध्घाटन गर्नुभएको छ । उद्ध्घाटनका क्रममा प्रधानमन्त्री ओलीले  रामायण सर्किटलाई दुई देशको मित्रताको बाहकको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । “रामायण सर्किटलाई दुई देशको मित्रताको रुपमा विकास गरिनेछ छ” प्रधानमन्त्ती ओलीले भन्नुभएको छ । धनुषाधाम,गुरु बाल्मिकी आश्रम,जानकी मन्दिरलाई समेटेर रामायण सर्किटको घोषणा गरिएको हो ।



प्रधानमन्त्री ओलीले ऋषीमुनी कै पालादेखि नेपाल भारत आउजाउ भइरहने स्थान भएको बताउनु भएको छ । “यही परम्पराको अनुशरण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “म वहाँको हार्दिक स्वागत गर्दछु । ”

यसैगरी दुई प्रधानमन्त्रीले जनकपुरमा नेपाल भारत मैत्री बस सेवा उद्ध्घाटन गर्नुभएको छ ।

सम्बन्धित