NP EN

प्रधानमन्त्रीलाई कर्णाली प्रदेशको ज्ञापन

काठमाडौं २६ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भिर रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री लगायत सर्वदलीय जनप्रतिनिधीहरुको तर्फबाट आज बालुवटारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । मुख्य मन्त्री महेन्द्र बहादुर शाही संघीय सांसद जनार्दन शर्मा,प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वाला लगायतको समुहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भौतिक पूर्वाधार,हवाइ यातायात,सिंचाइ,उर्जा तथा विद्युतिकरण,संचार,बस्ती विकास तथा पर्यटन,खोनपानी,शिक्षा ,स्वास्थ्य र कृषि लगायतका बिषयमा बजेट बिनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ । प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मुलधारमा ल्याउन यथासक्य बजेट बिनियोजन गर्ने आस्वासन दिनु भएको छ ।

सम्बन्धित