NP EN

खेलमा सफलता प्राप्त गर्न आत्मबल उच्च बनाउनु पर्ने : प्रम ओली

काठमाडौं २३ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनु पर्ने बताउनुभएको छ ।

रसियाको मस्कोमा हुने १० देखि १६ मे मा हुने  स्टिकट चिल्डे«न फूटबल वल्र्ड कप २०१८ मा सहभागी हुन जाने खेलाडीहरुलाई आज बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“तपाईंहरु राम्रो खेल्नुहुन्छ भन्ने मलाइ थाहा छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “शुभकामना छ खेल जीतेर आउनुहोस ।”प्रधानमन्त्री ओलीले अनुशासन सफलताको सुत्र भएकोले  अनुशासनमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।



“तपाईंहरुले सगरमाथाको देशलाई खेलको माध्यमबाट विश्मा पनि चिनाउनु हुनेछ भन्ने मैले विशवास लिएको छु ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई नेपालको झण्डा पनि वितरण गर्नुभएको छ । सो खेलमा भाग लिन नेपालबाट १५ जना १८ बर्ष मुनीका खेलाडी सहभागी हुदैछन् । 

सम्बन्धित