NP EN

​खानेपानीको अभाव हुन दिइँदैन: प्रधानमन्त्री

झापा १९ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरी शुद्ध खानेपानीको अभाव हुन नदिने बताउनुभएको छ । 

दमक खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको उदघाटन गर्दै प्रधानमन्त्रीले सरकारले दमकमात्रै नभएर देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताउनुभयो । नेपाल सरकार, नगर विकास कोष र खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको ३० करोड २ लाख ४३ हजार ४ सय ८५ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण हुन लागेको हो ।

प्रधानमन्त्रीले दमक–रवि  बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाइने जानकारी दिंदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताउनुभयो । उहाँले १ नम्बर प्रदेशको राजधानी जहाँ भए पनि ब्यापारिक हबकोरुपमा दमकको विकास गरिने बताउनुभयो ।

सम्बन्धित