NP EN

​गुणस्तर नभए ठेकेदारले दोहोर्‍याएर बनाउनुपर्छ: प्रधानमन्त्री

झापा १८ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तर नभए ठेकेदारले दोहोर्‍याएर काम गर्नुपर्ने बताउनुभएको छ ।

अबदेखि आयोजना जिम्मा लिंदा गुणस्तर परीक्षण गरेरमात्रै सरकारले लिने प्रधानमन्त्रीको भनाइ छ । “गुणस्तरको काम गर्नुस्, गुणस्तर परीक्षण गर्दा कमजोरी भेटिए आफैं बनाउन लगाइन्छ” अमलडाँगी–बासबारी–सोलमारी सडक निर्माण शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीले यो कारण त्यो कारण देखाएर काम नसक्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । ‘‘काम जति पनि पाउनुहुन्छ, चार ठाउँ ठेक्का लगाएर एक्साभेटर घुमाउने होइन’’ उहाँले भन्नुभयो ।

खेतबारी बाँझो राखेर म्यारिज खेल्ने दिने गएको बताउँदै आत्मनिर्भरको बाटोमा अघि बढ्न आह्वान गर्नुभयो ।

सम्बन्धित