NP EN

​नेपालमा निरर्थक बहस गर्ने समय सकियो: प्रधानमन्त्री

झापा १८ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा निरर्थक बहस गर्ने समय सकिएको बताउनुभएको छ ।

झापा जिल्ला सभाको प्रथम बैठकलाई सम्बोधन गर्दै सरकार मुलुकबाट गरिवी र पछौटेपन हटाउनतिर लागेको जानकारी दिनुभयो । "सुखी नेपाली , समृद्ध नेपालको आधार हो" प्रधानमन्त्रीले भन्नुभयो, "नेपाल गरिब हुन सक्दैन, शासक गलत भएर केही समय पछि परेको हो ।"

झापा हरेक चिजको सुपरजोन भएको बताउँदै प्रधानमन्त्रीले स्थानीय तहलाई ल्यान्ड पुलिङ योजना बनाउन निर्देशन दिनुभयो । उहाँले विकासको गुरु योजना बनाउन निर्देशन दिनुभयो । समय र जमिन खेर नफाल्न पनि प्रधानमन्त्रीको अपिल थियो ।

सम्बन्धित