NP EN

​गौतम बुद्ध सच्चा गणतन्त्रवादी: प्रधानमन्त्री

काठमाडौं १७ वैशाख,  प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्ध सच्चा गणतन्त्रवादी भएको बताउनुभएको छ ।

२५६२ औं बुद्ध जयन्तीका अवसरमा सार्वजनिक बौद्ध सभा बुद्ध जयन्ती समारोह समिति आनन्दबिहार स्वयम्भूले काठमाडौंको छाउनीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । “गणतन्त्रको सोच गौतम बुद्धको थियो” प्रधानमन्त्रीको भनाइ थियो, “संघीयताले जनतालाई सुख सुविधा दिने जुन कुरा परिकल्पना गरिएको छ, त्यो २५६२ वर्षअघि बुद्धले परिकल्पना गर्नुभएको थियो ।”

बुद्ध मान्ने व्यक्तिहरु सत्य हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले विकासका नाममा राजनीति हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । “रानीपोखरी र धरहराका नाममा राजनीति गर्ने गरिएको छ” प्रधानमन्त्रीले भन्नुभयो “विकासका काममा राजनीति गर्नुहुन्न ।”

सम्बन्धित