NP EN

​प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउँछु: प्रम ओली

लुम्बिनी १६ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउने घोषणा गर्नुभएको छ ।

लुम्बिनी बौद्ध विश्व विद्यालयको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले कानुन परिवर्तन गरेरै प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउने बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मिएको भन्दै त्यसविरुद्ध भएका भ्रम सच्याउनुपर्ने बताउनुभयो । "बुद्धको जन्मबारे भ्रम सिर्जना भएका छन्, बुद्ध नेपालमै जन्मिएका हुन्" प्रधानमन्त्रीले भन्नुभयो, "कहीं कतै भ्रम सिर्जना गरिएको भए सच्याउनुपर्छ ।"

नेपाली सुख र समृद्धि चाहन्छन् भन्दै प्रधानमन्त्रीले त्यसका लागि बौद्ध मार्गले सहज बनाउने बताउनुभयो । ‘‘नेपालीलाई शान्ति चाहिएको छ, व्यक्तिगत होइन सामूहिक स्वार्थमा उठेर शान्तिका लागि अघि बढौं," प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले नेपाललाई शिक्षाको क्षेत्रमा उठाएर लैजाउन आवश्यक रहेको भन्दै सबैको योगदा आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित