NP EN

नेपाललाई आकर्षक गन्तव्य बनाउनु पर्दछ : प्रम ओली

काठमाडौं ११ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आकर्षक गन्तब्य बनाउनु पर्ने बताउनुभएको छ ।

काठमाण्डौको सुविधानगर स्थित मदन भण्डारी स्मृति बाटिकाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

“बाटिका बनाएको ठाउँ पहिला काम नलाग्ने पाखो थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले यति राम्रो पार्क भएको छ । नेपाललाई पनि यसैगरी सिंगारेर आकषर्क गन्तव्य बनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले मदन भण्डारी कुनै दल विशेषको नेता नभएर राष्ट्रकै नेता भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । खुला राजनीतिमा आएको तीन बर्ष भित्रै  देशलाई नयाँ गतिमा हाँक्ने र समाजलाई नयाँ दिशामा हिड्न प्रेरित गर्ने नेताको रुपमा भण्डारीले पहिचान बनाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । पुष्पलाल,बिपी कोइराला,मदन भण्डारी,गणेशमान सिंह मनमोहन जस्ता नेताहरुले देशका लागि ठुलो योगदान गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । “वहाँहरुले देशका लागि ठुलो योगदान गर्नुभएको छ”प्रधानमन्त्री ओलीले भन्नुभयो “वहाँहरुले योगदान गर्ने फोरमहरु फरक परे होलान् तर देशलाई नयाँ दिशा दिनका लागि वहाँरुका योगदान देशले दीर्घकालसम्म स्मरण गरिरहन्छ ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश बनाउने संकल्पमा प्रतिवद्ध भएको बताउनुभएको छ । सरकार शुसाशन,कानुनको राज,भ्रष्टाचार नियन्त्रण जस्ता कुरामा  कसैसंग कुनै सम्झौता गर्ने पक्षमा नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।



प्रधानमन्त्री ओलीले बाटिकामा निर्माण गरिएको मदन भण्डारीको पूर्ण कदको सालिकको पनि अनावरण गर्नुभएको छ । कार्यक्रममा बाटिका निर्माणमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल मन्त्रीहरु बर्षमान पुन,जगतबहादुर विश्वकर्मा महान्याधिवक्ता अग्नी खरेल लगायतको उपस्थिती थियो ।

सम्बन्धित