NP EN

पासाङ ल्हामु नेपाली महिलाकी प्रेरणाकी स्रोत : प्रधानमन्त्री ओली

काठमाडौं १० बैसाख,प्रधानमन्त्री केपी शर्मा ओलीले पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत भएको बताउनुभएको छ ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज आयोजना गरेको पासाङ प्रतिष्ठा रजत दिवशका अवरशमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङले नेपाली महिलाले पनि सगरमाथा चढ्न सक्छन् भन्ने साहस सबैमा भरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सगरमाथा लगायत नेपालका उच्च हिमश्रृंखलाहरुमा जलबायु परिवर्तनको असर देखा पर्ने थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । “सगरमाथा कुनै कारणले पनि प्रदुषित हुनुहुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “संसारका ठुला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुखत कुरा हो ।” सगरमाथा सफा हुन महासागरको सफाइम समेत ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल,प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउनु नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सगरमाथामा जोखिम मोलेर नजान सकेत आरोहीहरुलाई आग्रह गर्नुभएको छ । “परिस्थिती प्रतिकुल भयो भने फर्केर आउनुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंको ज्यान रहे अर्को चोटी सगरमाथा चढ्न सकिन्छ । ज्यान फाल्ने दुस्हास गर्नु हुदैन ।”

प्रधानमन्त्री ओलीले नेपालमा असंख्य हिमाल रहेको बताउदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ ।  प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा हिमाललाई संरक्षण गर्नुपर्दछ । नेपालको पर्यटनमा यिनै हिमाली दृष्यको योगदान अथाह  छ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले पासाङ ल्हामु शेर्पाको तस्विरमा माल्यापर्ण गर्नुभएको थियो । यसैगरी प्रतिष्ठानले प्रकाशन गरेको पासाङ प्रतिष्ठा स्मारिकाको पनि बिमोचन गर्नुभएको थियो ।

सम्बन्धित