NP EN

गोर्खाहरुले ब्यहोरेको क्षतिको यथोचित सम्बोधन हुनुपर्छ :प्रधानमन्त्री ओली

काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताउनुभएको छ  । 

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग  आज आफ्नै निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले गोर्खाहरुको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताउनुभएको छ ।
गोर्खा सैनिकहरुले उठाउदै आएका मागहरु सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।  “पूर्व गोर्खाका न्यायोचित मागहरुलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाहरुको माग सम्बोधनका लागि  ब्रिटिस सरकार तयार रहेको बताउनु भएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा जाजय कुराहरुलाई हामीले दोहोर्याएर, तेहेर्याएर  भन्नुपर्छ, म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाहरुको माग उपयुक्त ढंगले सम्बोधन गर्न सकिन्छ ।”



प्रधानमन्त्री ओलीले गोर्खाहरुले इतिहासमा गोर्खालीहरुले गरेको योगदान, इतिहासमा व्यहोरेका क्षति र असमानताको यथोचित सम्बोधन गरिनुपर्ने बताउनुभएको छ  । 

प्रधानमन्त्री ओलीले गोर्खाहरुको कारण ब्रिटिसले बिभिन्न युद्धहरु जितेको बताउनुभयो । तर, युद्धमा बाहेक अन्य समयमा गोर्खाहरुलाई गरिएको बिभेद र असमानता गरिनु दुःखत भएको प्रधानमन्त्री ओलीको भनाइ छ  । 
 

सम्बन्धित