NP EN

​प्रधानमन्त्रीद्वारा दुई जना बालबालिकालाई विद्यालय भर्ना

सिरहा  ५,वैशाख  दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभएको छ । 

सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउँका दिनेशकुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराउनुभएको हो । भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गर्नुभएको थियो ।

विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउनुभयो । उहाँले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यस अघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराउनुभएको थियो ।

सम्बन्धित