NP EN

​अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी : प्रम ओली

काठमाडौं २९ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताउनुभएको छ  । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई आज श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ती सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताउनुभएको छ । “देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु,अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ । ”



प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताउनुभएको छ । “यो प्रत्यक्ष हमला भन्दा पनि कारगार हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरु बिच असरदार समन्वय बनाउनु जरुरी छ ।”



प्रधानमन्त्री ओलीले लामो अस्थिरता पछि देश स्थायित्व तर्फ अग्रसर भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले  स्थायित्वको जगमा नेपालको  विकास वर्तमान सरकारको लक्ष्य रहेको बताउनुभएको छ । “हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तीपूर्ण अवस्थामा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउदै आएकोमा प्रशंशा गर्नुभएको छ । नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ  ।  प्रधानमन्त्री ओलीले भन्नुभयो “  नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरु पुरा गर्न सक्षम बहुआयामिक संगठनको रुपमा विकशित भएको छ ।”



 

सम्बन्धित