NP EN

देशमा विकासको नयाँ अभियान सुरु : प्रम ओली

दोलखा, २८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको नयाँ अभियान सुरु भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणपछि आज आयोजना निर्माण स्थल दोलखाको गोंगरमा कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले  आयोजनाको सुरुंग मार्ग भित्र रहेका टर्वाइन,मेन सटअफ भल्ब र अन्य भौतिक पूर्वाधारको  निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको प्रगति विबरण जानकारी गराएका थिए । 

आयोजनाको अवस्था जानकारी लिए पछि प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा निर्माणको काममा ढिलाइ गर्ने छुट नभएको बताउनुभएको छ ।“काम गर्ने क्रममा भएका अफ्ठ्यारा के छन् भन्नुहोस” प्रधानमन्त्री ओलीले आयोजनाका कर्मचारीलाई निर्देशन दिंदै भन्नुभयो “ति अफ्ठ्यारा सरकारल्े फुकाउछ तर काममा ढिलाइ नगर्नुहोस ।”

प्रधानमन्त्री ओलीलाई आयोजना प्रमुख विज्ञान श्रेष्ठले आयोजनाको प्रगति बिवरण,भौतिक र वितीय अवस्थाको जानकारी गराउनु भएको थियो ।२०६७ सालमा सुरु गरिएको यस आयोजनाबाट ४५६ मेघावाट विद्युत उत्पादन हुनेछ । २०७५ पुषबाट आंशिक रुपमा उत्पादन सुरु हुने यस अयोजनाले २०७६ बैसाख देखि पूर्ण क्षमतामा विद्यतु उत्पादन गर्ने कर्मचारीहरुले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको छन् । आयोजनाको कुल लागत ४९ अर्ब २९ करोड रहेको छ ।



आयोजनाका कर्मचारीहरुले सडकको समस्याले निर्माण सामग्रीको आपूर्तीमा समस्या भएकोले त्यसको तत्काल मरमत गरिदिन प्रधानमन्त्री समक्ष माग गरेका छन् । 

प्रधानमन्त्री ओलीले आजै लामा बगरमा रहेको आयोजनाको ड्याम साइट पनि निरीक्षण गर्नु भएको छ । प्रधानमन्त्री ओलीले  रफ्तारमा काम गर्न र गुणस्तरीयतामा सम्झौता नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीका साथमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल नेपालका लागि चीनका राजदुत यु होङ को सहभागिता थियो । 

सम्बन्धित