NP EN

​प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्र्रद्धाञ्जलि

नयाँदिल्ली, भारत, २४ चैत । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उहाँको स्मरण गर्नुभयो । 

श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ– महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो । 

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसहित आजै दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता हुँदैछ । (विशेष संवाददाता रमेश लम्साल–रासस)

सम्बन्धित