NP EN

प्रम ओली र भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट


नयाँदिल्ली, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नुभयो । 

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । 

भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय काँग्रेसका अन्य शीर्ष नेताको सहभागिता हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो ।  -रासस

सम्बन्धित