NP EN

प्रधानमन्त्री ओलीद्वारा स्व.नेता ढकालको स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौँ– दिवंगत नेता रामनाथ ढकालको तेस्रो वार्षिकोत्सवमा अवसरमा स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ ।

रुपन्देही–काठमाडौँ सम्पन्न मञ्चले आज आयोजना गरेको सो स्मृति ग्रन्थको प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेकपा (एमाले) का रामनाथ ढकाल निर्भिक र निश्कपट, प्रतिकूल अवस्थामा काम गर्न सक्ने योद्दा भएको स्मरण गर्नुभयो ।  “पार्टीलाई बलियो बनाउन, देशको सकरात्मक तरिकाले परिर्वतन गर्न ल्याउन, गतिशील ढंगले प्रतिकूल अवस्थामा पनि काम गर्ने नेता ढकाल निर्भिक र निश्कपट हुनुहुन्थ्यो”–उहाँले थप्नुभयो ।
 
नेकपा (एमाले) का अध्यक्ष ओलीले अप्ठ्यारो परिस्थितिमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा उहाँको स्मृति ग्रन्थको अध्ययनबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्मरण गर्दै भन्नुभयो, “पोखरामा जेलमा बस्दा २०३९/०४० सालमा नेता ढकालसँग मेरो भेट भएको थियो, विद्यार्थी आन्दोलन, युवा आन्दोलन, जनताका कुशल जनप्रतिनिधिका र देशको विकास गर्ने योद्दाको रुपमा मैले देखेको थिए ।”

 नसोचेको उमेरमा नेता ढकाललको अचानक स्वास्थ्यमा गम्भीर समस्या देखा परी निधन हुँदा राष्ट्रले देशभक्त प्रतिभा गुमाउनु परेकोप्रति पार्टी अपूरणीय क्षति भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

स्मृति गन्थले ढकालप्रतिको सम्मान, श्रद्धाञ्जली व्यक्त हुने र उहाँको कुशल राजनीतिक जीवनीबाट धेरै कुरा सिक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका उपमहासचिव विष्णु पौडेलले नेता ढकाल प्रतिकूललाई पनि अनूकलतामा बदलेर काम गर्न सक्ने र राष्ट्र निम्ति केही गर्नुपर्छ भन्ने सिद्धान्त भएको व्यतित्व भएको चर्चा गर्नुभयो ।

विद्यार्थी आन्दोलनमा समयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्ष भएका सक्रिय रुपमा काम गर्नुभएका ढकालले  विं.स २०५१ सालको निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बा विजयी हुनुभएको थियो । विं सं.२०५६ सालमा रुपन्देही –४ बाट पराजित हुनु भएको थियो । संविधानसभाको निर्वाचन २०६४ मा रुपन्देही ५ बाट विजयी भएर संविधान लेखनको कामका साथै संसदीय समितिको सभापति भएर समेत काम गर्नुभएको थियो ।

पार्टीका पोलिटब्युरो सदस्य, लुम्बिनी अञ्चल इन्चार्ज  नेता ढकालको २०७२ साल चैत २२ गते काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेता ढकाललको २०१९ पुस ५ गते गुल्मी जिल्ला खड्गकोटमा जन्मनुभएको थियो । –रासस

सम्बन्धित