NP EN

भेटवालको निधनले पार्टीलाई अपुरणीय क्षति : प्रम ओली


काठमाडौं २१ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता जागृत प्रसाद भेट्वालको निधनले पार्टीलाई अपुरणीय क्षती भएको बताउनुभएको छ ।
 स्वर्गीय भेट्वाललाई पार्टीको झण्डा ओडाउदै प्रधानमन्त्री ओलीले निरंकुशताको अन्त्यका लागि भेट्वालको त्याग र संघर्षको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । “निरंकुशताको अन्त्य र लोकतन्त्र स्थापनाको लागि उहाँको योगदान अतुलनीय थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो “उहाँको निधनबाट देश र पार्टीलाई अपुरणीय क्षती भएको छ ।”
प्रधानमन्त्री ओलीले भेट्वालको निधनमा श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
भेट्वाल पार्टीको केन्द्रीय लेखा समितिको सदस्य हुनुहुन्थ्यो । क्यान्सर रोगबाट पिडित भेट्वालको आज बिहान बीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 
यसैगरी आज बसेको पार्टी स्थायी कमिटिको भेट्वालको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

सम्बन्धित