NP EN

विकासका लागि सहकारीसँग सहकार्य गर्न सरकार तयार :प्रम ओली

काठमाडौं, २१ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि सरकार सहकारीसँग साझेदार गर्न तयार रहेको बताउनुभएको छ । 

आज दोस्रो सहकारी दोस्रो सहकारी महासम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र सहकारी अभियान संगै रहेको बताउनुभएको छ । नेपाललाई तीन बर्ष भित्र अल्प विकशित राष्ट्रबाट विकशित राष्ट्रको सुचीमा पुरयाइने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको ग्रामिण क्षेत्रको आर्थिक स्तर उकास्नका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । “सहकारीको यात्रामा सरकारको पूर्ण समर्थन छ । यो यात्रामा सरकारको ऐक्यवद्धता छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकारले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछाड्ने चेतावनी दिनुभयो । “यो जनताको इच बमोजिम बनेको सरकार हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण यसले जनता कै चाहना अनुसार काम गर्छ ।”

सम्बन्धित