NP EN

​उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता : प्रम ओली

काठमाडौं, १९ चैत,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच उपयुक्त समयमा  उपयुक्त ढंगले पार्टी एकता हुने बताउनुभएको छ ।

एमाले प्रचार विभागले आज आयोजना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई पार्टीको एकता प्रधानमन्त्रीको भारत भ्रमण अघि कि पछि ? किन ढिलो भइरहेछ एकता ? एकता भाँडिएको हो कि के हो ? भनेर अनेक हल्ला फिंजाउने काम भइरहेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “निश्चिन्त हुनुहोस हतारोका साथ होइन,जसरी भए पनि होइन ,उपयुक्त समयमा उपयुक्त ढंगले पार्टी एकता हुन्छ ।”

वर्तमान सरकार विधिको शासन स्थापनाको लागि प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि सरकारले सबै प्रकारका प्रयास लगाउने बताउनुभएको छ । “हामीले राजीनतिक प्रणाली सञ्चालनका बाधा बिरोध टुंग्याएका छौं । राजनीतिक संक्रमणकाल पनि टुंग्याएका छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब हाम्रो लडाईं गरिबीका बिरुद्ध,पछौटेपनका बिरुद्ध हुनेछ ।”



प्रधानमनत्री ओलीले यस बर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता बरिष्ठ पत्रकार,लेखक एवं राजीनतिज्ञ कमल कोइरालालाई प्रदान गर्नुभयो । पुरस्कारको राशी ५० हजार ५ सय ५ रुपैंया रहेको छ । कार्यक्रममा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल, सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटा लगायतको उपस्थिती थियो । 

 

सम्बन्धित