NP EN

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध : प्रम ओली

काठमाडौं ,१७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालको २० औं बार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरुलाई सरकारले अनुचित थिचोमिचो गर्छ भन्ने भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको छ ।“वाम सरकारले अधिनायकवाद ल्याउछ । प्रेस स्वतन्त्रता हनन् गर्छ भन्ने सुुन्नु भएको होला” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस्ता हल्लाका पछि नलाग्नुहोस सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ ।”

प्रधानमन्त्री ओलीले कसैलाई पनि सौखलाई सिद्धान्त नबनाउन आग्रह गर्नुभएको छ ।“सुतली बम सिद्धान्त होइन । कसैको अभिलासा पुरा गर्न जनताले दुःख पाउनु हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “चन्दा उठाउने कुरालाई सिद्धान्त मान्न सकिदैन ।”

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिक मात्र हैन सामाजिक,आर्थिक, जागरण पनि चाहिएको बताउनुभएको छ । “हाम्रा राजनीतिक र सामाजिक संरचनाहरुमा धेरै उथलपुथल आएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण अब हाम्रा व्यबहारमा पनि त्यस्तै परिवर्तनको आवश्यक छ । ” सरकार भ्रष्टचार नियन्त्रण गर्ने,जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने,आधुनिकताको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।



कार्यक्रममा रिपोर्टस क्लबले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको छ । रिपोर्टस क्लबले स्थापना गरेको मदन भण्डारी समृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका समपादक शम्भू श्रेष्ठ र गीरीजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार  कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाललाई प्रधानमन्त्री ओलीले प्रदान गर्नुभएको छ । पुरस्कारको राशी जनही १ लाख रुपैंया रहेको छ ।
 

सम्बन्धित