NP EN

यस बर्ष देखि व्यापार घाटा घट्छ : प्रम ओली

काठमाडौं १२, चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले तयार  गरेको  आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । ‘व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउछ ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसका लागि उपभोग्य वश्तुको उत्पादन,उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वश्तुको उत्पादनमा जोड दिने नीति कार्यन्वयन गर्नुपर्छ ।’

नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठुलाठुला बजार रहेकोले निर्यातमा समस्या नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ । ’

 देशलाई समृद्धिको मार्गमा  अघि बढाउन  सरकार र  निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले अब बन्द र हड्तालको समय सकिएकोले व्यावशायीहरुलाई निर्वाध ढंगले उद्योग व्यावशायमा लगानी गर्न आग्रह गर्नुभएको छ । सरकारले उद्योग व्यावशाय क्षेत्रमा भएका कानुनी अड्चन हटाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडा,उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादब,प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिती थियो ।


 

सम्बन्धित