NP EN

छिमेक सम्बन्धलाई अझ मजबुद बनाउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं, १२ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छिमेक सम्बन्धलाई अझ मजबुद बनाउनु सरकारको प्राथमिकतमा परेको  बताउनुभएको छ ।
डा.अन्जान शाक्यद्धारा सम्पादित ‘नेपाल चाइना रिलेसन’ नामक पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा बिमोचन गर्दै प्रधानमन्त्री ओलीले छिमेकसँगको सम्बन्ध देशको विकास,अखडता,स्थीरता र स्थायीत्वका लागि प्रयोग गरिने बताउनुभएको छ ।

‘छिमेक सम्बन्ध आपसी सम्मान र आदरभावका आधारमा तय हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हाम्रा छिमेकका दुवै देशलाई हामी उच्च सम्मान गर्छौं र हामी पनि त्यस्तै सम्मान चाहन्छौं ।’

चीनले नेपालको सार्वभौमसत्तालाई सधैं कदर गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो  ‘नेपालको भौगोलिक अखण्डता र स्वाभिमानमा धक्का पर्ने काम समेत गरेको छैन ।’



अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरेको पारवाहन सन्धीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जनताको एकता,संकल्प र जनता कै चाहनाका कारण आफूले त्यो सन्धी गर्ने आँट गरेको बताउनुभयो । ‘पहिला पनि जनताले चीनसँग पारवाहन सन्धी चाहेका थिए’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ तर साहसी प्रधानमन्त्री आएपछि मात्र त्यो सन्धी भयो ।’

 प्रधानमन्त्री ओलीले देशमा जनताले संविधान बनाए,लोकतन्त्र ल्याए अब फेरी हत्या हिंसाको बाटो लिनु अक्ष्म्य हुने बताउनुभयो । ‘अब पनि हत्या ,हिंसाको बाटो खोज्नु भनेको मूर्खता हो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस्तो कुरा सरकारलाई ग्राहय हुदैन ।’

कार्यक्रममा परराष्टक मन्त्री प्रदिप ज्ञवाली,नेपालका लागि चीनका राजदुत यु हङ लगायतले नेपाल चीन सम्बनधका बारेमा धारणा राख्नु भएको थियो ।

सम्बन्धित