काठमाडौं,७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको अभ्यास नयाँ भएकोले अफ्ठयाराका बावजुत पनि जनतामा सेवा सुविधा पु¥याउन सबै प्रतिवद्ध हुनुपर्ने बताउनुभएको छ । अभाव र अफ्ठ्यारोमा छौं भनेर जनताको अपेक्षालाई वेवास्ता गर्ने छुट कसैलाई नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
आज सिंहरदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीसँगको बैठकमा प्रधानमन्त्री ओलीले जनताले निर्वाचनमा मत दिएर पठाएकोले अब उनीहरुसँग गरेका प्रतिवद्धताबाट कुनै पनि बहानामा उम्कन नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकार नेपालको पहिलो अभ्यास भएकोले यसको सञ्चालनमा केही समय असजिलो महसुष हुने भए पनि अभ्यस्त हुदै जनतालाई छिटो छरितो सेवा दिनु प्रदेश सरकारको दायित्व भएको बताउनुभएको छ । ‘तपाईंहरुले विविध समस्याको उजागर गर्नु भएको छ । समाधानको समय भइहालेको छैन’ मुख्य मन्त्रीहरुले प्रदेश सरकार सञ्चालनमा भोगेका समस्या सुनेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यी सबै समस्या समाधान हुन समय लाग्छ । केन्द्र सरकार प्रदेश सरकारका समस्या समाधानका लागि सधैं सकारात्मक हुन्छ । ’
प्रधानमन्त्री ओलीले केन्द्रीय सरकारले प्रदेश सरकारहरुलाई संगसगै अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘हामीले मुख्य रुपमा देशको सुरक्षा र समृद्धिलाई मनन् गरेर हाम्रा कामहरु अघि बढाउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीले संविधानसँग बाझ्ने गरी कुनै पनि कानुन नबनाउन मुख्य मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । ‘ संविधानसँग बाझ्ने गरी कानुन निर्माण नगर्नुहेस । प्रदेश प्रदेश र प्रदेश र संघबीच समन्वय गरेर काम गर्नुहोस’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ तपाईंहरु विकासमा प्रतिपष्पर्धा गर्नुहोस । राम्रा कामका लागि प्रतिष्पर्धा गर्नुहोस । नराम्रा कामका लागि होइन ।’
प्रधानमन्त्री ओलीले सबै प्रदेशका प्रमुखहरुलाई योजनावद्ध ढंगले काम गर्न सुझाव दिनुभएको छ । विकास, शिक्षा ,स्वास्थ्य सबै कुरामा योजना बनाएर त्यसै अनुसार उपलब्धी हासिल हुने गरीका लक्ष्य तोक्न प्रधानमन्त्रीले मुख्य मन्त्रीहरुलाई सुझाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि नछाड्न निर्देशन दिनुभएको छ । ‘अब भ्रष्टाचार होइन । देश बनाउन सबै लागौं । जनतालाई सुशासन दिआंै । भ्रष्टाचार गर्ने कसैलाई पनि नछोड्नुहोस । आफू पनि जोगिनुहोस ’ प्रधानमन्त्री ओलीले भननुभएको छ ।
प्रधानमन्त्री ओलीले कतिपयले वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध खतम गर्छ भनेर आरोप लगाउने गरेको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ । छिमेकीहरुसँग समदुरीको सम्बन्ध राख्ने भन्दै प्रधानमन्त्री ओलीले कसैसँग नजिक वा टाढा हुने नाममा राष्ट्रिय स्वार्थलाई तलमाथी पर्न नदिइने बताउनुभयो । ‘हाम्रा आन्तरिक मामिला हामी आँफैं निर्णय गर्छौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आन्तरिक मामलामा कसैलाई हात हाल्न दिदैनौ ।’
अनाधिकृत सुरक्षाकर्मी सात दिन फिर्ता गर्न निर्देशन
मूख्यमन्त्रीहरुसंगको बैठकमा सहभागी मन्त्रालयका सचिबहरुलाई पनि आफ्ना आफ्ना मन्त्रालयका काम चुस्त र छरितो ढंगले गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । शक्तिको आडमा विभिन्न व्यक्तिले अनाधिकृत रुपमा सुरक्षाकर्मीको दुरुपयोग गरेको आफूले जानकारी पाएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले शक्तिको आडमा कसैले घरमा सुरक्षाकर्मी राखेको भए सात दिन भित्र फिर्ता गर्न गृह सचिब मोहनकृष्ण सापकोटालाई निर्देशन दिनुभएको छ । ‘नियम कानुन बमोजिम निर्णय गरेर खटाएका बाहेकका सुरक्षाकर्मी कसैले निजी काममा प्रयोग गरेको भए सात दिन भित्र फिर्ता गर्नु’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘शक्तिको आडमा कसैको घरमा भान्से,कसैको घर बढार्ने राखेर सुरक्षाकर्मीको दुरुपयोग भएको छ भने सात दिन फिर्ता फिर्ता गरेर जानकारी गराउनु ।’
बैठकमा प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राई,२ का लालबाबु राउन,३ का डोरमणी पौडेल,४ का पृथ्वी सुब्बा गुरुङ,५ का शंकर पोख्रेल कर्णाली प्रदेशका का महेन्द्रबहादुर शाही र ७ का त्रिलोचन भट्टको सहभागिता थियो । यसैगरी बैठका राक्षा मन्त्री इश्वर पोख्रेल,गहृमन्त्री रामबहादुर थापा बादल,अर्थमन्त्री डा.युवराज खतिवडा,कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ,प्रधानमन्त्रीका मूख्य सल्लाहाकार बिष्णु रिमाल,महान्याधिवक्ता अग्नीप्रसाद खरेल,मूख्य सचिब लोकदर्शन रेग्मीको पनि उपस्थिती थियो । मन्त्रालयका सचिबहरु बैठकमा सातवटै प्रदेशका प्रमुख सचिब र न्याधिवक्ताको पनि उपस्थिती थियो ।