NP EN

प्रधानमन्त्री ओलीद्वारा घोडाघोडीका मेयर चौधरीको अवस्था बारे जानकारी

काठमाण्डौं,चैत्र ३, प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको  घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिनु भएको छ । मेयर चौधरीलाई  अपरिचत समुहले गत सोमबार (फागुन २८ गते)  घोडाघोडी मै  गोली र खुकरी हानेर सख्त घाइते भएका थिए । 

शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओली सहित नेकपा –एमालेका नेताहरुले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको हो । चौधरीको उपचारमा संलग्न चिकित्सक डाक्टर प्रदिप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चाौधरीको अवस्था खतरमुक्त छ ।  प्रधानमन्त्री ओलीले चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अस्पतालाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस ।’



प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताउनुभएको छ । ‘घटनाको छानविन हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘दोषीले उम्कन पाउदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’

चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा(एमाले)का नेता सुवासचन्द्र नेम्वाङ,प्रधानमन्त्रीका मुख्य सल्लाहाकार बिष्णु रिमाल,एमाले केन्द्रीय सदस्य डा.राजन भट्टराई समेत अस्पताल पुग्नु भएको थियो ।
 

सम्बन्धित