NP EN

विश्वकप क्रिकेट छनौटमा नेपालले पाएको सफलाप्रति प्रधानमन्त्री ओलीको बधाइ

काठमाण्डौ २, चैत्र,प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बावेमा सञ्चालन भएको एक दिवसीय विश्वकप क्रिकेट छनौट खेलमा पाएको सफलताप्रति  नेपाली क्रिकेट टोली र  नेपाली क्रिकेट प्रेमीहरुलाई  वधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज एक बधाइ सन्देश जारी गर्दै   नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीसँगको खेलमा गरेको उत्कृष्ट प्रदर्शनले नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेको जनाउनु भएको छ ।  यो रेकर्डले समस्त नेपालीलाई हर्षित तुल्याएको प्रधानमन्त्रीको बधाइ सन्देशमा उल्लेख छ ।  

सम्बन्धित