NP EN

उपभोक्ता अधिकार संरक्षणमा सरकार प्रतिवद्ध : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवशको अवसरमा आज एक शुभकामना जारी गर्दै प्रधानमन्त्री ओलीले सरकार नयाँ कानुनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजवुद बनाउन तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले उपभोक्तालाई पनि आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको छ । उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय,यस क्षेत्रमा क्रियाशिल संघ,संस्था र संचारकर्मीहरुको महत्वपूर्ण भूमिका अपेक्षित रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख छ ।





 

 

सम्बन्धित