NP EN

हवाइ जहाज दुर्घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाण्डौ,२८ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाण्डौ आएको यूएस.बंगलाको हवाइ जहाज त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यू भएकाहरुलाई श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

घटनाको जानकारी पाउने वित्तिकै प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिनुभएको छ । उहाँले सरोकारवालाहरु लाई घाइतेको उद्धार तथा उपचारमा कुनै कमी आउन नदिन निर्देशन पनि दिनुभएको छ । प्रधानमन्त्री ओलीले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार गराइरहेका दुर्घटनाका घाइतेको स्वास्थ्य स्थिती जानकारी लिनुका साथै आफन्तहरुलाई शान्तवना दिनु भएको छ । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै कसर बँँकी नराख्न निर्देशन दिनुभएको छ ।



प्रधानमन्त्री ओलीले  उद्धारमा परिचालन भएक नेपाली सनो लगायत सबै सुरक्षा निकाय,एम्बूलेन्स,दमकल,नागरिक उड्ययन ,राष्ट्र सेवक कर्मचारी,घाइतेको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई पनि धन्यवाद दिनुभएको छ ।

सम्बन्धित