NP EN

सरकार शासक होइन संयोजनकारी निकाय हो : ओली

काठमाण्डौ २३ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शासक नभइ संयोजनकारी निकाय भएको बताउनुभएको छ ।बाग्मती सफाइ अभियानका अभियन्ताहरुसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सरकार कानुनको पालक भएको बताउनुभयो । ‘सरकार हस्तक्षेपकारी होइन कानुनी राज स्थापना र विकासका लागि संयोजनकारी संस्था हो’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
बागमती सफाइ अभियानका लागि सरकार अभियन्ताको साथमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बागमती सफाइसँगै यसलाई फोहोर हुन नदिने विषयमा पनि जनचेतना जागृहत गराउनु पर्ने बताउनुभयो । 

अभियन्ताहरुले वि.सं २०७५ लाई नेपाल सफाइ बर्ष घोषणा गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा सरोकारवालाहरुसँग छलफल गरेर टुंगोमा पुग्ने जानकारी दिनुभएको छ । बागमती सफाइ अभियन्ता खेम शर्माको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बागमती सफाइ अभियानमा सरकारसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् । 




 

सम्बन्धित