NP EN

​मानव अधिकारको पालनामा सरकार प्रतिवद्ध : प्रधानमन्त्री ओली

काठमाण्डौं, १७ फागुन , प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको पालनामा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बेलायती राजदुत रिचर्ड मोरिससँग आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालिन न्याय सम्बन्धि बिषयलाई टुंगोमा पुयाउन सरकारले सबै किसिमको सहयोग गर्ने बताउनुभएको छ । ‘पिडितले न्याय पाउनेछन् र दण्डहिनताले प्रश्रय पाउने छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सरकार कानुनी राज्यको अनुभुति गराउन प्रतिवद्ध छ ।’



बेलायती प्रधानमन्त्री टेरेसा मेइले प्रधानमन्त्री ओलीलाई पठाएको बधाई तथा शुभकामना सन्देश राजदुत मोरिसले हस्तान्तरण गर्नुभएको थियो । प्रधानमन्त्री मेइले पठाएको बधाइ पत्रमा नेपाल र बेलायतको दुई सताब्दी लामो सम्बन्धको स्मरण गर्दै  यसलाई थप समुधुर बनाउन आफू उत्सुक रहेको उल्लेख छ । बधाइ पत्रमा प्रधानमन्त्री मेइले नेपाल अन्तराष्ट्रिय मानव अधिकार परिषदको सदस्य रहेकोले सोही मापदण्ड अनुसार काम गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री मेइले  नेपालको आर्थिक विकासको लागि बेलायत सहयोग गर्न तत्पर रहेको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले राजदुत मोरिस माफर्त बेलायती प्रधानमन्त्रीलाई आफूलाई बधाइ तथा शुभकामना पठाएकोमा कृतज्ञता ज्ञापन गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले संघीय संरचना नेपालको लागि नौलो अनुभव भएकोले यसभन्दा अघि नै संघीयताको अभ्यास गरेका देशहरुका अनुभव नेपाललाई उपयोगी हुने बताउनुभएको छ । राजदुत मोरिसले संघीयता कार्यन्वयनका लागि बेलायत नेपालको आवश्यकता अनुसारको सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

यसैगरी आजै भारतीय राजदुत मञ्जिव सिंह पुरीले पनि प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर फागु पूर्णिमा (होली)को शुभकामना दिनुभएको छ । भेटमा दुई देशको आपसी हितका विषयमा समेत प्रधानमन्त्री ओली र राजदुत पुरीबीच छलफल भएको छ । 


 

सम्बन्धित