NP EN

सरकारले सदाचारको उपदेश दिने मात्र हैन, कार्यान्वयन पनि गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ,१६ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सदाचारको उपदेश दिने मात्र हैन आफूले पनि कार्यन्वयन गर्ने बताउनुभएको छ । नेपाली सेनाको श्री राष्ट्रिय सेवा दलद्धारा संचालित १३ औ व्याच सिनियर डिभिजन तालिमको दिक्षान्त कवाजलाई आज ललितपुरको लगनखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यका हरेक अंगलाई सदाचार व्यवहार अपनाउन सम्झाउनु भएको छ ।

नेपाली सेनाको राष्ट्रिय सेवा दलका संरक्षक समेत रहनु भएका प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि राष्ट्रिय एकताको भावना बलियो हुनुपर्ने बताउनुभएको छ । नवप्रवेशी सैनिक जवानलाई तालिम मार्फत देशको भूगोल,सँस्कृति,समाज,हावापानी आदि धेरै बुझ्ने अवसर समेत प्राप्त भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यस तालिम मार्फत नव प्रवेशी युवाहरुले देशलाई हेर्ने क्षितिज फराकिलो भएको मैले महसुष गरेको छु’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यस प्रकारका तालिमले जीवनलाई बदल्न,आफूलाई सक्षम राख्न,अनुशासित बनाउन मात्र सहयोग गर्ने हैन देशका लागि समेत उपयोगी हुन्छन् ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले विकासका लागि गरेको योगदानको प्रशंशा गर्नुभएको छ । ‘नेपाली सेनाले देश विकासका लागि गरेको योगदान उच्च छ । भविष्यमा थप योगदान गर्नका लागि सरकारको तर्फबाट सबै प्रकारका सहयोग हुन्छन् ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

सम्बन्धित