NP EN

नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्छ : प्रम ओली

काठमाण्डौ,१५ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र  रसियाको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको एकातेरिनवर्ग प्रान्तका उपगभर्नर अलेक्जेण्डर भिसोकिन्सी नेतृत्वको प्रतिनिधि मण्डलसँग आज कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सन् २०२५ को वल्र्ड एक्स्पो आयोजना गर्न आफ्नो प्रान्तले उम्मेद्वारी दिएकोले त्यसलाई समर्थन गरिदिन प्रधानमन्त्री ओली समक्ष भिसोकिन्सीले आग्रह गर्नुभएको छ । उक्त मेलामा विश्वका विभिन्न देशका राजनीतिक,औद्योगिक,सामाजिक,साँस्कृतिक विशेषताहरु प्रदर्शनी हुने भिसोकिन्सीले प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले उपगभर्नर भिसोकिन्सीको भ्रमणले नेपाल र रसियाको सम्बन्ध थप आत्मीय हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदले पूर्णता पाएपछि भिसोकिन्सीको प्रस्तावमा छलफल गरेर निर्णयमा पुग्ने बताउनुभएको छ । ‘तपाईंको प्रस्तावलाई सकारात्मक लिएको छु । मन्त्रिपरिषदमा छलफल गरेर निणर्य गर्नेछु’ प्रधानमन्त्री ओलीले भन्नुभयो । रसियाले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंशा प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

भेटमा रसियाका राजदुत आन्द्रेइ वुदनिकले रसियाका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई बधाइ  तथा शुभकामना पठाएको जानकारी दिनुभएको छ ।   

सम्बन्धित